ट्रम्प र किमद्वारा संयुक्त दस्ताबेजमा हस्ताक्षर, भन्छन् ‘विगत बिर्सन तयार भयौं’

 जेठ २९, २०७५ मंगलबार ११:३७:४४ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरीयाली नेता किम जोङ उनबिच एक दस्ताबेजमा हस्ताक्षर भएको छ । सिंगापुरमा झण्डै २ घण्टा चलेको ऐतिहासिक बार्तापछि दुवैजनाले संयुक्त सम्झौतामा हस्ताक्षर गरका हुन् ।

हस्ताक्षर कार्यक्रममा राष्ट्रपति ट्रम्प र नेता उनले आफूहरु विगत विर्सन तयार रहेको बताए। वार्ता सकारात्मक भएको र निकै सुखद सम्बन्ध रहेको उनीहरुको भनाइ थियो ।

वार्तामा आशा गरिएजस्तो कुनै ठोस र ठूलो सहमति नभए पनि दुवै देश आजको वार्ता फलदायी भएको निष्कर्ष निकाल्दै वार्तालाई जारी राख्न तयार भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रपति ट्रम्प आजै अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया