हेटाैंडामा छुट्टाछुट्टै दुर्घटनामा दुर्इ जनाकाे ज्यान गयाे

 मंसिर ११, २०७५ मंगलबार १५:४:१७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–९ पशुपतिनगरमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हेटौँडा–१५ का ३० बर्षीय चुम्फु सिन्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयाे । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ६१६४ नम्बरको ट्रकले त्यसै दिशाबाट आइरहेको ना ४८ प ७४९७ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते सिन्तानको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसअघि हेटौँडा–४ कर्रामा सोमबार राति भएको सवारी दुर्घटनामा मुगु खट्टार गाउँपालिकाका १९ बर्षीय सुरेन्द्र परियारको मृत्यु भएको छ । मृतक परियार हेटौँडाका टोलटोमा पुगेर ज्याकेट बेच्ने गरेको जनाइएको छ ।

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ख ४८४६ नम्बरको इन्धन बोक्ने ट्यांकरले सडकमा हिँडिरहेका उनलाई ठक्कर दिएको थियो । 

ठक्करबाट घाइते उनको उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुवै घटनाका चालक र सवारी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया