निर्मला हत्याकाण्डमा सरकारमा बसेका नै अपराधी हुन सक्छन्: डा. केसी

 मंसिर ११, २०७५ मंगलबार १६:२:२१ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – निर्मलाको घटनाको ४ महिना बितिसक्दा पनि अपराधी पत्ता नलागेकाले सरकारमा बसेका नै अपराधी हुनसक्ने डा. गोविन्द केसीले बताउनुभएको छ । 

मंगलबार कञ्चनपुर पुगेर धर्नामा ऐक्यबद्धता जनाउँदै डा. केसीले घटनाको ४ महिनासम्म अपराधी पत्ता नलाग्नुमा सरकार नै दोषी भएको बताउनुभएको हो । 

उहाँले सरकार कानमा तेल हालेर सुतेको बताउँदै १३ वर्षीया बालिकाको निर्मम तरिकाले हत्या हुँदा पनि सरकारले अपराधी पत्ता नलगाएको बताउँदै त्यसमा सरकारको हात हुन सक्ने बताउनुभएको छ । 

‘एउटी १३ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको छ’, डा. केसीले भन्नुभयो ‘तर सरकार मुकदर्शक छ ।’ 

निर्मलाको घटनामा अपराधीलाई जोगाउनकै लागि सरकार मुकदर्शक बनेको उहाँको आरोप छ । 

घटनाका दोषीलाई पत्ता लगाएर प्रमाण मेट्नेलाई जेल हाल्नु पर्नेमा सरकारले उनीहरुकै संरक्षण गरेको केसीले दावी गर्नुभयो ।

‘यतिका दिनसम्म सरकाले अपराधी पत्ता लगाउनुपर्ने होइन ?’, उल्टै प्रश्न गर्दै उहाँले भन्नुभयो ‘प्रमाण मेट्नेहरु पनि यतिबेला जेलमा हुनु पर्ने हो । तर किन तिनीहरुलाई कारबाही भएन ?’

निर्मलाको न्यायका लागि सिंगो देशबासी लागेको बताउदै जनताले न्याय पाएरै छोड्ने उहाँले बताउनुभयो । केसीले निर्मलाको न्यायका लागि आफूले पनि पहल गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया