‘चङ्गा चेट’ दक्षिण कोरियामा प्रदर्शन हुँदै

 मंसिर ११, २०७५ मंगलबार १६:७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कात्तिक १६ गतेबाट नेपालभर प्रदर्शनमा आएको चलचित्र हो ‘चङ्गा चेट’ । चलचित्रले नेपालमा सफल व्यापार गरिरहेको छ ।

नेपालको सफल व्यापारसँगै विदेशमा पनि प्रदर्शन सुरु गरिसकेको चलचित्रका निर्माता माधव वाग्लेले बताए । यतिबेला चलचित्र साउथ कोरियामा प्रदर्शन भैरहेको छ । अन्य केही देशहरुमा पनि चलचित्र प्रदर्शनको तयारी भइरहेको बताइएको छ । 

कमेडी विधामा निर्माण गरिएको चलचित्रलाई विदेशमा रहेका नेपालीहरुले पनि रुचाइरहेका छन् । चलचित्रमा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतले पनि चलचित्रलाई थप बलियो बनाएको निर्देशक दीपेन्द्र के खनालको बुझाई छ । चलचित्र ‘चङ्गा चेट’माधव वाग्ले र शर्मिला पाण्डेले चलचित्रको निर्माण गरेका हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ भने निरक कँडेलको छायांकन छ । चलचित्रको सम्पादन दीर्घ खड्काले गरेका हुन् । 

चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । आयुष्मान देशराज जोशी, प्रियंका कार्की, परमिता आरएल राणा, रवीन्द्र झा, सुरक्षा पन्त, सन्दीप क्षेत्री र शिशिर वाङ्देलको प्रमुख भूमिका रहेको छ भने निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको पनि विशेष भूमिका रहेको बताइएको छ ।

चलचित्र कात्तिक १६ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा छ । यसअघि दीपेन्द्र के खनाल निर्देशित चलचित्र पशुपति प्रसादलाई दर्शकले रुचाएका थिए ।

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया