ए डिभिजन लिगमा सरस्वतीको लगातार दोस्रो जित

 मंसिर ११, २०७५ मंगलबार १६:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइजलाई २–१ ले पराजित गर्‍याे ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा सरस्वतीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । कप्तान दीपेश श्रेष्ठको पासमा विनोद केसीले गोल गर्दै अग्रता दिलाएका थिए । तर सरस्वतीको त्यो अग्रता लामो समय टिकेन । सातौँ मिनेटमा नै ब्रिगेड ब्वाइजका काजिमले दिएको पासलाई अब्दुल करिमले गोल गर्दै बराबरीमा पुर्‍याए।

५२ औँ मिनेटमा सरस्वतीले फेरि अग्रता बनायो । भिक्टरको क्रसलाई फ्रान्सिसले हेडरमार्फत गोल गरे । त्यसपछि ब्रिगेड ब्वाइज खेलमा फर्कन सकेन र पराजित भयो ।
जितसँगै सरस्वतीले ४ खेलबाट ६ अंक जोडेको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया