कम्बोडियाका प्रधानमन्त्री पर्सि नेपाल भ्रमणमा आउँदै

 मंसिर ११, २०७५ मंगलबार १६:४०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मङ्सिर १३ गते कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपालको औपचारिक भ्रमणमा आउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई दिनको भ्रमणका लागि कम्बोडियाको प्रधानमन्त्री सेन नेपाल आउन लाग्नुभएको हो । भ्रमणमा पारस्परिक हित र चासोका विविधि विषयमा द्विपक्षीय वार्ता हुने परराष्ट्रमन्त्री मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गएको सेक्टेम्बर २८ मा न्यू योर्कमा प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भेटवार्ता भएको थियो । त्यसै बेला सेनको नेपाल भ्रमणको मिति तय भएको थियो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया