सामाजिक सुरक्षा योजना लागू हुन केही महिना लाग्ने

 मंसिर ११, २०७५ मंगलबार १७:२१:१८ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले मंगलबार सामाजिक सुरक्षा योजना  सुरु भएको घोषणा गरे पनि लागू हुन भने केही महिना लाग्ने भएको छ ।

सबैभन्दा पहिले रोजगारदाताको सूचि तयार हुन्छ । त्यसपछि रोजगारदाताले श्रमिकको सूचि तयार पार्छन् । रोजगारदाता र श्रमिकको सूचि तयार भएपछि कति रकम उठ्छ भन्ने आंकलन गरिन्छ र सामाजिक सुरक्षा कोष सञ्चालनको लागि कार्यालय तयार हुन्छ । यसको सबै व्यवस्थापन सरकारले गर्छ ।

पहिलो चरणमा मंसिर ६ गतेदेखि काठमाडौंमा रोजगारदाताको सूचिकरण सुरु भएको छ ।

काठमाडौं उपत्यका बाहिर प्रदेश नम्बर ३ का रोजगारदाताको सूचिकरण मंसिर १५ गतेदेखि, प्रदेश नम्बर १ का रोजगारदाताको सूचिकरण पुस १ गतेदेखि, प्रदेश नम्बर २ का रोजगारदाताको सूचिकरण पुस १५ गतेदेखि, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का रोजगारदाताको सूचिकरण माघ १ गतेदेति, कर्णाली र सुदूरपश्चिम प्रदेशका रोजगारदाताको सूचिकरण माघ १५ गतेदेखि सुरु हुनेछ । 

रोजगारदाताले आफू सूचिकृत भएको तीन महिनाभित्रमा आफ्नो संस्थामा कार्यरत श्रमिकको सूचिकृत गर्नुपर्नेछ । पछि नियुक्त भएका श्रमिकको हकमा नियुक्त भएको तीन महिना भित्रमा सूचिकृत गर्नुपर्नेछ ।

सूचिकरणमा नपरेका श्रमिकले उजुरी गरेमा कोषले सूचिकृत नगरिदिने रोजगारदातालाई कारबाही गर्ने प्रावधान सामाजिक सुरक्षा योजना संचालन कार्यविधिमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया