स्वर्गीय चक्र बास्तोलाकी पत्नी कुसुमलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनाइने

 मंसिर ११, २०७५ मंगलबार १७:४७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका स्वर्गीय नेता चक्र बास्तोलाकी पत्नी कुसुम बास्तोलालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने भएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बास्तोलाकी श्रीमती कुसुमलाई संघर्षशील नारीको संज्ञा दिँदै पार्टी केन्द्रीय सदस्यमा मनोनित गर्ने घोषणा गर्नु भएको हो ।

नेता बास्तोलाको निधन भएको ४५ औँ दिनको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले कुसुम बास्तोलाजस्तो संघर्षशील महिलालाई पार्टीको जिम्मेवारी दिने निर्णयमा कसैको पनि विरोध नहुने दावी पनि गर्नुभयो ।

सभापति देउवाले मष्तिष्क घातबाट थलिएका नेता बास्तोलालाई स्याहार गरेरर कुसुम बास्तोलाले एउटा साहसिक र संघर्षशील नारीको आफ्नो पहिचानलाई अझै उचो बनाएको पनि स्मरण गराउनुभयो ।

स्मृति सभामा सभापति देउवाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रिया ल्याउन सहमत गराउने प्रमुख नेता नै बास्तोला भएको पनि खुलासा गर्नुभयो । उहाँले राष्ट्रिय राजनीति र पार्टी राजनीतिमा पु¥याउनु भएको योगदान पार्टीले सदा सम्झिरहने पनि उल्लेख गर्नुभयो ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया