बुटवलमा नेपथ्य: माइक बन्द भयो, गीत रोकिएन

 मंसिर ११, २०७५ मंगलबार १८:४८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही - लाेकरक ब्याण्डले बुटवलकाे ‘एन्फा टेक्निकल इन्स्टिच्यूट स्टेडियम’मा सोमबार राति प्रस्तुति दिएकाे छ ।

नेपथ्यका मुख्य गायक अमृत गुरुङले गीत गाइरहँदा जेनरेटर अचानक बन्द भयाे र अावाज अाएन तर झण्डै दुर्इ मिनेटसम्म फुटबल मैदानमा जम्मा भएका करिब चार हजार दर्शकले एकोहोरो ‘गाउँ गाउँबाट उठ’ का शब्दहरु चर्को स्वरमा गाइरहे । 

‘सुरुमा अत्यास लागेको थियो,’ गायक अमृतले भने ‘तर, अन्त्यमा भने नेपथ्य र दर्शक बीचको सामिप्यले प्रविधिलाई पनि जितेको महसुस भयो ।’

कास्की जिल्लाले बुटवललाई परम्परादेखि बटौली बजार भनेर चिन्दै आएको र त्याे सहर कुनै समय हामीले कास्केलीहरुले किनमेल गरेर फर्कने बताउँदै 

त्यसपछि अमृतले ‘यानीमाया’ गीत प्रस्तुत गरे  र लगत्तै  ‘सालैजो’ सुनाए ।

दुई घन्टासम्म निरन्तर चलेको कन्सर्टमा ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै नयाँ गीत ‘शिरफूल शिरैमा’ सुनाइएको थियो भने सदा झैं ‘रातो र चन्द्रसूर्य’ बाट अन्त्य गरिएकाे थियाे । यात्रा मंसिर १३ गते  धनगढीमा कार्यक्रम गरेर सम्पन्न हुनेछ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया