कम्पनी रजिस्ट्रार कार्यालयका दुर्इ उप-रजिष्ट्रारहरुसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्धा दायर

 मंसिर ११, २०७५ मंगलबार १८:५६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिस्ट्रार कार्यालयका उप रजिष्टारहरु गंगाधर पौडेल र धर्मराज रोकायासहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।

शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिको ७० करोड बराबरको शेयर नामसारी गर्दा किर्ते गरेको दावीसहित उनीहरुलाई विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

शेयर बेचबिखनमा किर्ते कागजपत्र बनाउन सघाउने कम्पनी रजिस्ट्रारको कार्यालयका दुई उपसचिव, सहायक रजिस्ट्रार र अधिकृतसहित १२ जनालाई भदौ २१ गते पक्राउ गरेर अख्तियारलाई बुझाइएको थियो ।

शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिका सञ्चालक रामनिरञ्जन जटियाको किर्ते लिखत तयार गरी अर्कै व्यक्तिको नाममा शेयर हस्तान्तरण गरेको अख्तियारको दावी छ । जटियासँग १६ वर्षदेखि काम गर्दै आएका जितबहादुर मगरले कम्पनीको कागजपत्र चोरी गरी ठगीको योजना बनाएको अख्तियारले दावी गरेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया