संसदीय सुनुवाइ समितिले अयोग्य ठहर गरेका जाेशी भावी प्रधानन्यायाधीशका लागि सिफारिस

 मंसिर ११, २०७५ मंगलबार २०:१८:४५ | रासस
unn.prixa.net

काठमाडौं - न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका दुई न्यायाधीशको नाम वरिष्ठताका आधारमा संवैधानिक परिषदमा पठाएको छ । 

न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम संवैधानिक परिषदमा पठाएको परिषद्का सचिव नृपध्वज निरौलाले जानकारी दिनुभयो । 

संवैधानिक परिषद्को बैठक बसी न्यायाधीश जोशी र जबराको नाम संसदीय सुनुवाइ समितिमा पठाएपछि सो समितिले सुनुवाइ गरी अनुमोदन गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आउँदाे पुसमा उमेर हदका कारण अवकाश लिँदै हुनुहुन्छ । 

प्रधानन्यायाधीशको अवकाश हुने भएपछि भावी प्रधानन्यायाधीशका लागि जोशी र जबराको नाम परिषद्ले पठाएको हो । न्यायाधीश जोशीलाई यसअघि नै संसदीय सुनुवाइ समितिले अयोग्य ठहर गरी प्रधानन्यायाधीशका लागि नाम अनुमोदन गरेको थिएन । 

याे पनि पढ्नुहाेस्

संसदीय सुनुवाइ समितिले गर्‍याे प्रधानन्यायाधीशमा जाेशीकाे नाम अस्वीकृत

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया