बालश्रम निवारण गर्न गुरुयोजना बनाइने

 जेठ २९, २०७५ मंगलबार १३:८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बालश्रम प्रयोग नगर्न आह्वान गर्दै नेपालमा पनि विश्व बालश्रम दिवस मनाइएको छ । 

काठमाडौंको बसन्तपुरमा मंगलबार बिहान प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बालश्रम विरुद्धको अभियानलाई सफल बनाउन गम्भीर समीक्षा गर्ने गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

उहाँले नेपालबाट विक्रम संवत २०८२ साल भित्र बालश्रम निवारण गर्न बालश्रम निवारण गुरुयोजना तय गर्न लागिएको पनि जानकारी दिनु भयो । मन्त्री विष्टले बालश्रम विरुद्धको अभियानलाई सफल बनाउन सबैलाई साथ दिन पनि आह्वान गर्नु भयो ।

नेपालमा गरिबी र जनचेनताको अभावका कारण लाखौंको संख्यामा बालबालिकाहरुले श्रम गर्न बाध्य हुनुपरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । सरकारले बालश्रम विरुद्धको अभियानलाई प्रभावकारी बनाउन ऐन, नियम र कानुन संशोधन गरेर अघि बढने योजना पनि अघि सारेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया