सिटी र युनाइटेड युरोपेली च्याम्यिपन्स लिगको प्रि–क्वार्टर फाइनलमा

 मंसिर १२, २०७५ बुधबार ६:५१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड युरोपेली च्याम्यिपन्स लिगको प्रिक्वार्टर फाइनलमा पुगेका छन् । मंगलबार राति भएको समूह चरणको पाँचौं खेलमा सिटीले फ्रान्सको ओलम्पिक लियोनलाई बराबरीमा रोक्दै अन्तिम १६ को यात्रा पक्का गर्‍याे । 

म्यान्चेष्टर युनाइटेडले भने स्वीट्जरल्याण्डको योङ ब्वइजलाई हराउँदै प्रिक्वार्टर फाइनलमा स्थान बनायो । 

ओलम्पिक लियोनको मैदानमा भएको खेलमा सर्जियो एग्युरोले गोल गरेपछि सिटीले लियोनलाई २–२ गोलको बराबरीमा रोक्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ५५औं मिनेटमा म्याक्सवेल कर्नेटले गोल गर्दै लियोनलाई अग्रता दिलाए । उनले मेम्फिस डिपेईको पासलाई गोलमा परिणत गरेका थिए । त्यसको सात मिनेटभित्रै एमेरिक लापोर्तेले सिटीका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । 

८१औं मिनेटमा पुनः डिपेईको पासमा गोल गर्दै कर्नेटले लियोनलाई अग्रता दिलाए । यसपटक पनि उनले डिपेईको पासमा गोल गरेका थिए ।  तर तीन मिनेट पनि बित्न नपाउँदै सिटीले पुनः बराबरी गर्यो । यस पटक सिटीका लागि सर्जियो एग्युरोले  गोल गरेका थिए । 

जितसँगै सिटी समूह एफबाट पाँच खेलमा १० अंक जोड्दै प्रिक्वार्टर फाइनलमा पुग्यो । लियोनले भने अन्तिम खेल कुर्नु पर्नेछ । अन्तिम खेलमा उसले युक्रेनको शाक्टार डोनेस्ट्कसँग खेल्नेछ । जुन खेलमा लियोनले घरेलु टिमलाई कम्तिमा बराबरीमा रोक्नु पर्नेछ । 

युनाइटेडले भने स्वीट्जरल्याण्डको योङ ब्वइजलाई १–० ले हराउँदै समूह उपविजेताका रुपमा प्रिक्वार्टर फाइनलमा पुगेको छ । मेराउने फेलानीले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरेपछि युनाइटेड एक खेल अगावै अन्तिम १६ मा स्थान बनाउन सफल भयो । समूह एफबाट युभेन्टस यसपनि प्रक्वार्टर फाइनलमा पुगेको छ । 

युभेन्टसले स्पेनिस क्लब भ्यालेन्सिलाई १–० ले हरायो । युभेन्टसको जितमा मारियो मान्जुकिचले गोल गरेका थिए । रोनाल्डोको पासमा उनले गोल गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया