प्रियंकाको विवाहमा उपस्थित हुने छैनन् बलिउडकर्मी

 मंसिर १२, २०७५ बुधबार ७:१:२० | एजेन्सी
unn.prixa.net

अभिनेत्री प्रियंका चोपडा यही डिसेम्बर २ र ३ मा पे्रमी निक जोनसका साथ लगन गाँठो कस्न लागेकी छिन् । भारतको राजस्थानको उम्मेद भवन प्यालेसमा प्रियंका र निकको विवाहको तयारी धुमधामका साथ चलिरहेको छ । 

साथै भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरहरुका अनुसार अभिनेत्री प्रियंकाले उनको विवाहका लागि पाहुनाहरुको नाम लिष्ट पनि फाइनल गरिसकेकी छिन् । प्रियंकाको यस लिष्टमा बलिउडका कुनै पनि कलाकारहरुको नाम अटाएको छैन । प्रियंकाले उनको विवाहमा बलिउडका एकजना कलाकारलाई पनि बोलाउने छैनन् । 

प्रियंका चोपडा र निक उनीहरुका परिवार र आफन्तजनसँगै भएर विवाह गर्नेछन् बलिउड कलाकारहरु उपस्थितिमा विवाहमा धेरै भिड हुनेछ । भिडको जिम्मेवारी लिन गाह्रो भएका कारण प्रियंकाले यो निर्णय लिएको बताइएको छ । 

प्रियंकाले बलिउडका आफ्ना साथीहरुका लागि विवाहपछि मुम्बईमा एक भब्य रिसेप्सनको आयोजना गर्नेछिन् । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया