अन्तिम १६ मा रियल मड्रिड

 मंसिर १२, २०७५ बुधबार ८:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रोमाको मैदानमा भएको खेलमा रियल मड्रिड इटालीयन क्लब रोमालाई हराउँदै २–० ले विजयी भयो । रियलको जितमा ग्यारेथ बेल र लुकास भाज्क्वेजले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बनेको खेलको ४७ मिनेटमा बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५९औं मिनेटमा करिम बेन्जेमाको पासमा लुकास भाज्क्वेले गोल गर्दै रियललाई जित दिलाए । जितसँगै रियल मड्रिडले पाँच खेलबाट १२ अंक बनाउँदै नकआउट चरणमा प्रवेश पाएको छ ।

पराजित रोमा पनि प्रिक्वार्टर फाइनलमा पुग्यो । समूहमा उसको नौ अंक छ । एक खेल खेल्न बाँकी रहँदा चेक गणतन्त्रको भिक्टोरिया प्लाजेन र रसियाको मस्कोभाको ४–४ अंक छ । समूहको अन्तिम खेलमा रियलले मस्कोभासँग र रोमाले भिक्टोरियासँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया