कांग्रेस जिल्ला सभापतिको भेला नुवाकोटको ककनीमा

 मंसिर १२, २०७५ बुधबार ८:३३:५० | उज्यालो सहकर्मी

काठमाडौं –  नेपाली कांग्रेसको जिल्ला सभापतिको भेला बुधबारदेखि नुवाकोटको ककनीमा सुरु हुँदैछ ।  आउँदो २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको धारणा बनाउन बुधबार र बिहीबार ककनीमा भेला हुन लागेको हो । 

कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न सभापतिको भेला आयोजना गरिएको जानकारी दिनुभयो । बैठकमा पार्टीले महासमिति बैठकमा दिने रायबारे छलफल हुने उहाँको भनाइ छ । 

यस्तै महासमितिको बैठकमा राख्ने कुराबारे समान धारणा बनाउन कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेला आउँदो शुक्रबार र शनिबार धादिङको गजुरीमा हुँदैछ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया