पश्चिमी वायुको प्रभावले देशका केही भूभागमा हिउँदे वर्षा हुने

 मंसिर १२, २०७५ बुधबार ८:४३:४९ | उज्यालो सहकर्मी

काठमाडौं – बुधबार केही ठाउँमा हिउँदे वर्षा हुने मौसमविद्को अनुमान छ । पश्चिमी वायुको प्रभावले बुधबार केही ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका हुन् ।

मौसमविद् वरुण पौडेलका अनुसार विशेषरी मध्य र पश्चिमी पहाडी भूभागको एकदुई ठाउँमा हल्का पानी पर्ने संभावना छ ।  तर ठूलो पानी पर्ने वा झरीको संभावना भने छैन ।

यस्तै बुधबार पश्चिमी हिमाली भेगमा हिमपात हुनेछ । मध्य र पूर्वको मौसम भने आशिंक बदली हुनेछ । अबको तीन दिन पश्चिमी वायुको प्रभाव रहने भएकाले मौसम पूर्ण रुपमा खुल्ने संभावना भने कम रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया