दैलेख जीप दुर्घटना अपडेट : चारजनाको मृत्यु

 मंसिर १२, २०७५ बुधबार ११:५०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – जीप दुर्घटनामा चारजनाको ज्यान गएको छ । चारजना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोट बिसलाका लागि छुटेको भे १ च २२०७ नम्बरको बोलेरो जीप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो ।

दुर्घटनामा ठाटीकाँध गाउँपालिकाका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र ३० वर्षीय निर्मल बमको दुर्घटनास्थलमै ज्यान गएको हो । दुई जनाको उपचारका लागि सुर्खेत लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन । 

ठाटीकाँध गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार जीपको ब्रेक फेल भएर दुर्घटना भएको हो । घाइते ४ जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया