‘स’ र ‘ग’ बाट फिल्मको नाम राख्न धुर्मुस–सुन्तलीलाई ज्योतिषको सल्लाह

 मंसिर १२, २०७५ बुधबार १२:४४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – हास्यकलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले निर्माण गर्ने सिनेमाको तयारी अन्तिम चरणमा पुगेको छ ।

सिनेमाका लागि कलाकार छनौटदेखि अन्य कामहरु पनि अन्तिम चरणमा पुगेका कारण मंसिर १४ गते यो सिनेमाको  आधिकारिक घोषणा गरिने भएको छ । यो समाचार तयार पार्दासम्म यो सिनेमाको नाम भने फाइनल भइसकेको छैन ।  

यसअघि सिनेमाको नाम ‘एन्टिभाइरस’ राखिने चर्चा थियो तर स र ग बाट सिनेमाको नाम राख्दा राम्रो हुने ज्योतिषको सल्लाह भएका कारण अहिलेसम्म सिनेमाको नाम फाइनल हुन सकेको छैन । 

मंसिर १४ गते सीताराम  र कुन्जनाको वैवाहिक वर्षँगाँठ पनि परेको छ । आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारेर सिनेमाको आधिकारिक घोषणा गरिने विशेष स्रोतले जनाएको छ । यो सिनेमामा धुर्मुस र सुन्तली नै मुख्य भूमिकामा रहनेछन्  भने अन्य कलाकारको जानकारी १४ गते गराइने छ । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया