जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण कार्यमा लापरबाही गर्ने ठेकेदारलाई कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
अध्यक्ष दाहालले समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष दाहालका घरबेटी शारदा अधिकारीले लिएको ठेक्काको काममा पनि लापरबाही भइरहेको गुनासो आइरहेको छ ।
अध्यक्ष दाहालले समयमै गुणस्तरीय काम नगरे आफ्नै घरबेटीलाई पनि कारबाही हुने बताउनुभयो । मंगलबार चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले ठेकेदारमाथि कारबाहीको विषयलाई लिएर गृहमन्त्री रामबहादुर थापालाई बोलाएर आफूले निर्देशन दिएको भन्ने समाचारमा सत्यता नरहेको दाबी समेत गर्नुभयो ।
अध्यक्ष दाहालले मुलुकको राष्ट्रिय एकतालाई कायम राख्न र विकास तथा समृद्धिको एजेन्डालाई नयाँ संकल्पका साथ अघि बढाउन राष्ट्रिय जनता पार्टी, नेपाललाई पनि सरकारमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । उहाँले राष्ट्रिय जनता पार्टी, नेपाललाई सरकारमा सहभागी गराउन कुनै समस्या नरहेको पनि बताउनुभयो ।
अध्यक्ष दाहालले आवश्यक परेकाले संघीय संसद अन्तरगतको दुवै सदनको नियमावली पारित गर्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससँग पनि सहमति गर्नु परेको स्पष्ट पार्नुभयो ।