ए डिभिजन लिगमा हिमालयन शेर्पाको लगातार तेस्रो जित

 मंसिर १२, २०७५ बुधबार १३:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले लगातार तेस्रो जित हात पारेको छ । 

बुधबार भएको खेलमा मच्छिन्द्र क्लबलाई दुई–शून्यले हराउँदै शेर्पा लिगको तेस्रो स्थानमा पुगेको छ ।

सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा कर्ण लिम्बू र आशिष गुरुङले एक–एक गोल गरे । खेलको सुरुवातदेखि नै आक्रमणमा उत्रिएको शेर्पाले २१ औँ मिनेटमा पहिलो गोल गर्यो । एक गोलले पछि परेको मच्छिन्द्रले पहिलो हाफको अन्तिममा गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेन । 

त्यसपछि ५५ औं मिनेटमा मच्छिन्द्रले अर्को मौका पाएको थियो । जसमा उ फेरि चुक्न पुग्यो । ८९ औं मिनेटमा शेर्पाले अग्रता दुई–शून्यमा पुर्यायो । यसपटक उसका लागि कर्ण लिम्बूले गोल गरे । 

त्यसपछि मच्छिन्द्र खेलमा फर्कन सकेन र पराजित भयो । जितपछि शेर्पाले चार खेलबाट १० अंक बनाएको छ । मच्छिन्द्रको चार खेलबाट दुई अंक छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया