दैलेख जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्याे

 मंसिर १२, २०७५ बुधबार १३:४६:२४ | अमर सुनार
unn.prixa.net

दैलेख - दैलेखमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

दुर्घटनामा दैलेखको ठाटीकाँध गाउँपालिका–३ का राजेन्द्र शाही र निर्मला बमको घटनास्थमा नै ज्यान गएको हो । यस्तै चालक रमेश शाही, रत्न शाही र दिलिप शाहीको उपचारका लागि लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा घाइते भएका तीन जनाको उपचारका लागि सुर्खेत पठाइएको डीएसपी ठाकुर पोखरेलले जानकारी दिनुभयो ।

सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोट बिसलाका लागि छुटेको भे १ च २२ ०७ नम्बरको जीप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटनामा परेको हो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया