अनिल कपूरको ‘डायलग’ बोलेकै कारण पाकिस्तानी प्रहरी ‘सस्पेन्ड’ !

 मंसिर १२, २०७५ बुधबार १४:११:१४ | एजेन्सी
unn.prixa.net

पाकिस्तानको पञ्जाब प्रान्तको पाकपत्तनमा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएकै कारण एक प्रहरीलाई निलम्बन गरिएको छ । 

भिडियोमा उनी एउटा हिन्दी फिल्मको संवाद बोलिरहेका छन् । स्थानीय चौकीका इन्स्पेक्टर मोहम्मद अरशद शाहले प्रहरीकै बर्दीमा एउटा भिडियो बनाएका थिए । त्यसपछि उनलाई कारबाही गरिएको हो । 

प्रहरी प्रवक्ता मोहम्म्द आसिफका अनुसार मंगलबार दुईवटा भिडियो सार्वजनिक भएका थिए ।  एउटा भिडियोमा मोहम्मद अरशद शाह थिए भने अर्कोमा पूर्व प्रहरी थिए । 

प्रहरी प्रवक्ता आसिफका अनुसार बर्दीमै यस्तो गर्नु कानुनविपरीत भएकाले प्रहरी निरीक्षक शाहलाई निलम्बन गरिएको हो । उनलाई आफ्नो कुरा राख्न सात दिनको समय दिइएको छ ।

भिडियोमा मोहम्मद अरशदले सन् २०१३ मा आएको हिन्दी फिल्म ‘शूट आउट एट वडाला’ अनिल कपूरको संवाद ‘दो वक्तकी रोटी कमाता हूँ, पाँच वक्तका नमाज पढ्ता हूँ...इससे ज्यादा मेरी जरुरत नहीँ और मुझे खरिदने की तेरी औकात नहीँ’ दोहोर्याइरहेका छन् ।

एउटा निजी टेलिभिजन च्यानलसँग कुरा गर्दै इन्स्पेक्टर मोहम्मद अरशदले आफ्नो भतिजोले टिकटक एपमार्फत भिडियो बनाएर सामाजिक सञ्जालमा राखेको स्पष्टीकरण दिएका छन् । त्यसपछि एकाएक भिडियो भाइरल भएको थियो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया