अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
सुनसरी – इटहरीको मुख्य बजारमा रहेको मनी ट्रान्सफरमा लुटपाट भएको छ ।
विराटनगर लाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरमा मुखमा पट्टी बाँधेर आएका एक व्यक्तिले सञ्चालकलाई छुरा प्रहार गरी नगद लुटेर भागेको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट सञ्चालक घाइते भएपछि काउन्टरमा रहेको नगद लुटेर लुटेरा भागेको प्रहरीले जनाएको छ । कति नगद लुटियो भन्ने खुलेको छैन । सञ्चालक घाइते भएपछि नजिकै रहेको डेन्टलका सञ्चालकले अस्पताल लगेका थिए ।
उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ।