‘भारत’ कोे सेटमा सलमान खान र निर्देशक अलि अब्बास जफरबीच मनमुटाव

 मंसिर १२, २०७५ बुधबार १५:१४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

सलमान खान यतिबेला आफ्नोे फिल्म ‘भारत’ को छायाँकनमा व्यस्त छन् । यो फिल्मको छायाँकंन सुरु हुनु अघिबाटै अभिनेत्री प्रियंका चोपडाले फिल्मबाट हात झिकेर फिल्म निर्माताहरको लागि अभिनेत्री खोजीको झमेला सामना गर्नुपरेको थियो । 

पछि अभिनेत्री कट्रिना केफले फिल्म साइन गर्दै फिल्म यूनिटको समस्या समाधान गरिदिएकी थिइन् । 

तर अहिले सार्वजनिक खबरहरुका अनुसार सलमान खान र निर्देशक अली अब्बास जफरबिच फिल्मको विषयलाई लिएर मतभेद सुरु भएको छ । ‘भारत’ को सेटमा सलमान खान र अली अब्बास जफर फिल्मलाई कस्तो बनाउने भन्ने विषयको टुंगो लगाउन सकिरहेका छैनन् । 

सलमान खानको फिल्म ‘भारत’ कोरियन फिल्म ‘अड टू माई फादर’ को हिन्दी रिमेक हो । तर यस फिल्मलाई मूलधारको बलिउड फिल्म जस्तो बनाउने तयारी हुन लागेको छ । 

यस फिल्ममा दर्शकहरुका लागि इमोशन, ड्रामा र एक्शन प्रस्तुत गरिनेछ । यस अघि सलमान खान अभिनित फिल्म ‘ट्यूबलाईट’ फ्लप भएपछि सलमान उनका फ्यानहरुलाई कुनै पनि हालतमा निराश बनाउन चाहँदैनन् ।

सलमान सन् २०१९ को इदको अवसरमा रिलिज हुने यस फिल्मलाई निकै नै धमाकेदार बनाउन चाहन्छन् । यस फिल्ममा सलामान आफैं यसरी अघि सरेपछि सलमान र अली अब्बास जफरबिच मतभेद देखिएको हो । 

निर्देशक अली अब्बास जफर फिल्मको स्टोरी लाइनमै रहेर फिल्म बनाउन चाहीरहेका छन् भने सलमान आफ्नो छविअनुसार फिल्ममा परिवर्तन गराउन चाहिरहेका छन् । 

दुवैजना अहिले फिल्ममा कस्तो र कतिसम्मको परिवर्तन गर्ने कुराको निर्णय लिन सकिरहेका छैनन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया