चितवन टाइगर्सले भित्र्यायो विश्वकप क्रिकेट खेलिसकेका जोन सिम्सन

 मंसिर १२, २०७५ बुधबार १६:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – एभरेष्ट प्रिमियर लिग क्रिकेटका लागि चितवन टाइगर्सले इंग्ल्याण्डका जोन सिम्सनलाई अनुबन्ध गरेको छ । 

बायाँ हाते ब्याट्सम्यान तथा विकेटकिपर सिमसनले इंग्ल्याण्डको यू–१९ टिमबाट विश्वकप खेलिसकेका छन् । लंकाशायर र मिडलसेक्सबाट खेलिसकेका सिमसनले १४० फर्स्ट क्लास र ८४ लिस्ट ए क्रिकेट खेलिसकेका छन् । यसका साथै उनले ९४ वटा टी–२० खेल खेलिसकेका छन् ।

दिपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको चितवन टाइगर्समा पृथु बास्कोटा, दिलिप नाथ, सन्दिप सुनार, भिम सार्की, ललितसिंह भण्डारी, कमसिंह ऐरी, शाहब आलम, आदिल खान, इशान पाण्डे, सागर ढकाललगायत छन् ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया