प्रधानसेनापति अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफलार्इ

 मंसिर १२, २०७५ बुधबार १६:५२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रधानसेनापति अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।

बुधबार भएकाे फाइनलमा त्रिभुवन आर्मीलाई पेनाल्टीमा चार दुई गोलले हराउँदै उपाधि उचालेकाे हाे ।

भद्रकालीमा रहेकाे आर्मीको मुख्यालयको मैदानमा भएको खेलमा साविक विजेता एपीएफका लागि खेलको ३५ औंं मिनेटमा अनिताले गोल गर्न सफल भइन् । प्रतिस्पर्धात्मक खेलमा आर्मीले पनि केहि मुभ बनाएको थियो तर उसले मौकालाई सदुपयोग गर्न सकेन ।

दोस्रो हाफमा आर्मीले एक गोल फर्काएपछि खेल एक एकको अवस्थामा पुग्यो । त्यसपछि दुवै टिमबाट गोल नभएपछि ९० मिनेट र थपिएको अतिरिक्त समय एक एक गोलको बराबरीमा सकियो र खेल पेनाल्टी सुटआउटमा गयो ।

पेनाल्टीमा सशस्त्रले चार गोल गर्दा आर्मीले दुई गोल मात्र गर्न सक्यो । उसको सुरुवाती दुई प्रहार गोलमा परिणत हुने सकेनन् । सशस्त्रका लागि सावित्रा भण्डारी, रेनुका नगरकोटी, अञ्जना थापामगरले गोल गरे ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया