ए डिभिजन लिग: जाउलाखेल र फ्रेन्ड्सले बराबरी खेल्दै एक-एक अंक बाँडे

 मंसिर १२, २०७५ बुधबार १७:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल र फ्रेन्ड्स क्लबबिचको खेल तीन-तीन गोलको बराबरीमा सकिएको छ ।

बराबरीपछि दुवै क्लबले अंक तालिकामा खाता खोलेका छन् ।

सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा फ्रेन्डसले सुरुमा एक गोल गर्याे । २६ औं मिनेटमा फ्रेन्ड्सका लागि विकाश लामाले गोल गरे । तर पहिलो हाफको इन्जुरी समयमा जाउलाखेलले बराबरी गोल गर्न सफल भयो । उसकालागि अर्जु सिंहले गोल गरे ।

पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा जाउलाखेलले अरु दुई गोल गर्यो । ४७ औंं मिनेटमा विदेशी खेलाडी फोडे फाफानाले गोल गर्दै जाउलाखेललाई दुई एकको अवस्थामा पुर्‍याए । त्यसपछि ५२ औंं मिनेटमा सुमन डंगोलले गोल गरेपछि जाउलाखेलले तीन एकले अगाडि बढ्याे ।

तर ६८ औं मिनेटमा फोफानाले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रेन्ड्सले अन्तर तीन-दुईमा झार्यो । तर ८२ औंं मिनेटमा फेरि जाउलाखेलले अर्को गोल गर्यो । उसका लागि धिरज श्रेष्ठले गोल गर्दा खेल तीन तीनको अवस्थामा पुग्यो ।

लगातार तीन खेलमा हार ब्यहोरेका जाउलाखेल र फ्रेन्ड्सले चौथो खेलमा आएर अंक तालिकामा खाता खोलेका छन् । दुवैको चार खेलबाट समान एक-एक अंक भएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया