दोलखामा दुई प्रतिशत प्रबलीकरण लाभग्राहीले पाए पहिलो किस्ता

 मंसिर १२, २०७५ बुधबार १७:२९:१० | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखामा दुई प्रतिशत प्रबलीकरण लाभग्राहीले पहिलो किस्ता वापतको ५० हजार लिएका छन् ।

दोलखामा २ हजार २ सय ३८ भूकम्प प्रभावित प्रबलीकरण लाभग्राही कायम भएका थिए । अहिलेसम्म ५२ प्रबलीकरण लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । उक्त संख्या दुई प्रतिशत हुन आउँछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय दोलखाका अनुसार अनुदान सम्झौता गरेका ५२ जना भूकम्प प्रभावितले पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ लिइसकेका छन् ।

सामान्य चर्किएका तथा कमजोर बनेका घरहरुलाई पुन बलियो बनाउनका लागि सरकारले एक लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउँदै आएको छ । पहिलो किस्ता बाहेक अन्य किस्ता भने भूकम्प प्रभावितले लिएका छैनन् ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया