श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ

 मंसिर १२, २०७५ बुधबार १७:४५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दोलखा – श्रीमतीको हत्या गरी फरार भएका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमती राममाया तामाङको हत्या गरी फरार भएका दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ का तस्बीर तामाङलाई रामेछापको मन्थली नगरपालीका वडा नम्बर १ भैसेश्वर भन्ने स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई बस रोकेर चेकजाँच गर्दा लुकेर बसेको अवस्थामा रामेछाप प्रहरीले पक्राउ गरेको हो । सोमबार साँझ ३५ वर्षका तस्बिर तामाङको कुटपिटबाट श्रीमती ३३ वर्षीया राममाया तामाङको ज्यान गएको थियो । आफूले प्रहार गरेको आग्लोले लागेर श्रीमतीको ज्यान गएपछि तामाङ सोही दिनदेखि फरार रहेका थिए । 

घरायसी विवादमा आग्लोले प्रहार गर्दा श्रीमतीको ज्यान गएको तामाङले स्वीकार गरेका छन् । दोलखा जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी घटनाको विषयमा अनुसन्धान अघि बढाएको दोलखा प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया