यस्तो छ ईपीएलका लागि ललितपुर प्याट्रियट्सको टोली

 मंसिर १२, २०७५ बुधबार १९:४६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मंसिर २२ गतेबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सहभागी टिम ललितपुर प्याट्रियट्सले टिम सार्वजनिक गरेको छ ।

ललितपुरमा आज आयोजना गरिएको कार्यक्रममा ललितपुरले तीन विदेशी खेलाडीसहित १४ खेलाडीको नाम सार्वजनिक गरेको हो । यसका साथै कार्यक्रममा टिमले ईपीएलमा लगाउने जर्सी र टिमसँगका सहयोगीलाई प्रस्तुत गरेको थियो ।

ललितपुरको टिममा प्राय युवा खेलाडीको बाहुल्यता रहेको छ । टिमको मार्की खेलाडी ज्ञानेन्द्र मल्ल हुन् ।

ललितपुर टिममा ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, सोनु तामाङ, ललित राजवंशी, सन्दीप जोरा, शंकर राना, पवन सराफ, कुशल भुर्तेल, रासिद खान, नारायण जोशी, योगेन्द्रसिंह कार्की रहेका छन् । 

विदेशी खेलाडीमा सन्नी पटेल, जयकशिन कोल्सावाला, गौरव तमोर छन् ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया