शव लिन गएको ट्रयाक्टर दुर्घटना, २१ जना घाइते

 मंसिर १२, २०७५ बुधबार १९:५७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

जाजरकोट  – छिन्चु जाजरकोट सडक खण्डको सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर गुनी भीर नजिकै बुधबार दिउँसो मोटर साइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

दुर्घटनामा जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर ९ नाहाडाका महेन्द्रचन्द ठकुरीको ज्यान गएको हो । शिवालयदेखि जामुनेबजारतिर जाँदै गरेको भे ८ प ३४२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको र चालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

शव लिन गएको ट्रयाक्टर पनि दुर्घटनामा पर्‍याे

चन्दको मृत्यु भएको खबर पाएपछि आफन्त र गाउँलेहरु ट्रयाक्टर लिएर शव लिन गएका थिए । तर शव लिन गएको ट्रयाक्टर पनि दुर्घटनामा परेको छ । ट्रयाक्टर दुर्घटनामा २१ जना घाइते भएका छन्  ।

शव लिन गएको लु १ त ९५७७ नम्बरको ट्रयाक्टर सुर्खेतको सिम्ता गाउँपालिका ४ वालिखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारको लागि सुर्खेत लगिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया