नेकपाको प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लाग्यो

 मंसिर १२, २०७५ बिहिबार ४:३२:४७ | उज्यालो सहकर्मी

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने बिहीबार सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ । 

आउँदो बैठकमा केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयनको प्रक्रिया अगाडि बढाइने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । अर्को बैठकको मिति भने तय भएको छैन । 

यसअघि मङ्गलबार बोलाइएको बैठक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण स्थगित भएको थियो । पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया