प्रधानमन्त्रीकै शैलीमा पोल पोलमा निर्मला !

 मंसिर १३, २०७५ बिहिबार ९:१४:३ | उज्यालो सहकर्मी

काठमाडौं – योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्ने दिन मंगलबार बिजुलीको पोलमा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अझै देख्न पाइन्छ । 

नयाँ युगको थालनी भन्दै पत्रपत्रिकामा समेत यही शैलीमा ‘ज्याकेट विज्ञापन’ छापेपछि एकथरीले अनावश्यक तडकभडक भन्दै आलोचना पनि गरे ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यार पत्ता लगाउन नसक्ने सरकारले सामाजिक सुरक्षा दिन सक्दैन भन्ने व्याख्या समेत भयो । सामाजिक सञ्जालमा प्रधानमन्त्रीको तस्बिर भएको ठाउँमा निर्मलाको तस्बिर राखेर न्याय चाहियो भन्नेहरु पनि देखिए । अहिले भने यही शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखेर बिजुलीको पोलमा निर्मलाको तस्बिर नै टाँगिएको छ । 

निर्मलाको न्यायका लागि आवाज उठाइरहेको एक समूहले निर्मलाको पोस्टर बनाएर पोलपोलमा टाँगेको हो ।

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • अरुण कर्ण

    Nov. 30, 2018, 9:10 a.m.

    सरकारले मुसा मारेर सिंह मारेको बिगुल ।

  •  0 Reply

तपाईको प्रतिक्रिया