खुल्दैन वडा कार्यालय, वडाध्यक्षकै झोलाबाट सेवा

 मंसिर १३, २०७५ बिहिबार ९:२२:९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – महाकुलुङ गाउँपालिका वडा नं ३ छेस्कामको वडा कार्यालय अधिकांश समय बन्द हुने गर्छ । वडा कार्यालयमा दैनिक कर्मचारी नहुने भएपछि सेवाग्राही पनि वडा कार्यालयमा आउँदैनन् । 

सेवा लिने सेवा ग्राहीले वडाध्यक्षसँग फोन सम्पर्क गर्ने र जहाँ भेटियो त्यही सेवा लिने गरेको स्थानीय रामबहादुर कुलुङले बताउँनुभयो । वडा कार्यालयले कर्मचारी व्यवस्था गरेर कार्यालयबाट सेवा प्रदान गर्ने गरिएको भए पनि महाकुलुङमा कुनै ‘सिस्टम’ नभएको स्थानीय बताउँछन् ।  वडा कार्यालयको आफ्नै भवन भए पनि वडा कार्यालयको सम्पूर्ण सेवा झोलामार्फत प्रदान गरिनु लज्जास्पद भएको उनीहरुको भनाइ छ ।

वडा अध्यक्ष दिकबहादुर कुलुङले भने कार्यालय समय नभनेर जुनसुकै समयमा पनि सेवा प्रदान गरिरहेको दाबी बताउँनुभयो । वडा सचिवसमेत स्वास्थ्यका कर्मचारी भएकाले आफूले झोला मार्फतनै वडा कार्यालयको सेवा प्रदान गर्ने गरेको बताउनुभयो । कार्यालय खुले पनि नखुले पनि सेवा बन्द नभएको वडा अध्यक्ष कुलुङले जिकिर गर्नुभयो ।

वडाका नागरिकहरु भने वडा कार्यालय भए पनि वडाध्यक्षलाई सम्पर्क गरेर सेवा लिनु पर्दा हैरानी व्यहोर्नु परेको बताउँछन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया