हकी विश्वकपमा भारतकाे विजयी सुरुवात, अफ्रिकालाई ५–० ले हरायाे

 मंसिर १३, २०७५ बिहिबार ९:३१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको उडिसामा सुरु भएको हकी विश्वकपमा आयोजक राष्ट्र भारतले विजयी सुरुवात गरेको छ । बुधबार राति भएको खेलमा दक्षिण अफ्रिका माथि भारतले ५–० गोल अन्तरले विजयी भएको हो । 

विश्व र्याङकिङमा पाँचौ स्थानमा रहेको भारतले १५औं  स्थानको दक्षिण अफ्रिकामाथि सुरुदेखीनै दबाबमा राखेको थियो । भारतका लागि १०औं मिनेटमा मनदीप सिंहले गोल गरेका थिए । पेनाल्टी कर्नरमा रिफ्लेक्ट भएको बललाई सानदार तरिकाले गोलमा परिणत गरेका थिए । 

यसैगरी १२ औं मिनेटमा आकाशदीपले दोस्रो गोल गरे । सिमरनजीतले ४३औं तथा ४६औं मिनेटमा लगातार २ गोल गर्दा ४५ औं मिनेटमा ललित उपाध्यायले गोल गरेका थिए । भारतले हकी विश्वकपमा ४३ वर्ष अघि उपाधि जितेको थियो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया