कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौंमा

 मंसिर १३, २०७५ बिहिबार १३:५४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुग्नु भएको छ । 

शुक्रबारबाट काठमाडौंमा सुरु हुने एसिया प्यासिफिक समिटमा भाग लिन प्रधानमन्त्री सेन बिहीबार काठमाडौं आइपुग्नु भएको हो ।

उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गर्नु भएको थियो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री सेनको सम्मानमा सलामी अर्पण समेत गरेको थियो ।

प्रधानमन्त्री सेनले भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै भेटवार्ता गर्नुहुने बताइएको छ । 

प्रधानमन्त्री सेनसहित समिटमा सहभागी हुन विदेशी विशिष्ट पाहुनाहरु आउने क्रम सुरु भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्मेलन काठमाडौंको बौद्धमा रहेकाे हायात होटलमा चार दिनसम्म चल्नेछ ।

सम्मेलनमा ४५ देशका १५ सय पाहुना सहभागी हुने बताइएको छ । सम्मेलनको उद्घाटन सत्रमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा शान्ति, विकास, सुशासनलगायतका विषयमा पनि विस्तृत छलफल हुने एजेन्डा तय गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया