एनएनआर्इपीकाे वर्षको उत्कृष्ट खेलाडीकाे अवार्ड २९ खेलाडीले पाउने

 मंसिर १३, २०७५ बिहिबार १४:५७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीसँगले हरेक वर्ष प्रदान गर्दै आएको वर्षको उत्कृष्ट खेलाडीमा यसपटक २९ खेलका परेका छन् ।

पुष १३ गते हुने अवार्ड कार्यक्रममा २०७४ सालमा विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा २९ खेलका खेलाडीलाई सम्मान गरिनेछ ।

यसअघि एनएनआर्इपीले ३५ खेलका खेलाडीलाई सम्मान गर्दै आएको थियो । तर यो वर्ष सो संख्या घटाएर २९ मा पुर्याएको छ । २९ खेलबाट एक एक खेलाडीलाई वर्ष उत्कृष्ट अवार्ड दिइनेछ । उत्कृष्ट हुने खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसअघिका संस्करणमा जस्तै यसपटक पनि अन्तराष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको गजराज जोशी आदर्श खेलाडीको पनि घोषणा गरिनेछ । जसको विजेताले २५ हजार रुपैयाँ पाउनेछ । यस्तै एक जना उत्कृष्ट खेल पत्रकारलाइ पनि सम्मान गरिनेछ । जसको पुरस्कार राशी १५ हजार रुपैयाँ रहेको छ । यसपटकको पुरस्कार कार्यक्रम पाटन दरबार स्क्वायरमा गरिनेछ ।

अवार्डमा फुटबल, पौडी, भलिबल, टेबलटेनिस, शुटिङ, बक्सिङ, भारत्तोलन, लन टेनिस, सफ्ट टेनिस, कबड्डी, फेन्सिङ, हक्की, स्क्वास, सेपाताक्रो, साइक्लिङ, खोखो, बास्केटबल, आइटिएफ तेक्वान्दो, ब्याटमिन्टन, ट्रायथलन, ह्यान्डबल, कराते, जुडो, तेक्वान्दो, उसु, आर्चरी, एथ्लेटिक्स, गल्फ र कुस्ती रहेका छन् ।

अवार्डका लागि आयोजकले तीन जनाका छनोट कमिटी बनाएको छ भने २०७४ सालमा भएको राखेप च्याम्पियनसिपमा समावेश भएका खेलबाट उत्कृष्ट खेल छनोट गरिएको हो । यसमा क्रिकेट र प्याराग्लाइडिङ नभएकाले यो अवार्डको सुचिमा दुवै खेल अटाएनन् । आयोजकले अर्को वर्षदेखि प्याराग्लाइडिङलाई पनि समावेश गर्ने जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया