धर्म परिवर्तन गराउने संस्थाको कार्यक्रम भएको भन्दै एसिया प्यासिफिक समिटको विरोध

 मंसिर १३, २०७५ बिहिबार १५:३६:२५ | उज्यालो सहकर्मी

काठमाडौं – शुक्रबारदेखि काठमाडौंमा हुन गैरहेको एसिया प्यासिफिक समिटको विरोधमा प्रदर्शन भएको छ ।

काठमाडौँको माइतीघरमा भेला भएका स्वतन्त्र युवाहरुको एक समूहले एसिया प्यासिफिक समिटको विरोध गरेका हुन् । युवाहरुले विश्वभरि धर्म परिवर्तन गराउने संस्थाको रुपमा बदनाम भएको गैरसरकारी संस्थाको कार्यक्रमलाई सहयोग गरेको भन्दै सरकारको कामको विरोध पनि गरे । 

माइतीघरको प्रदर्शनमा युवाहरुले सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लागु गरेर जनतालाई दुःख दिएको भन्दै नाराबाजी गरेका छन् । माइतीघरको प्रदर्शनमा उत्रेका केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकामा बिहीबारबाट सवारी साधनमा लागु भएको जोर बिजोर प्रणालीको अवज्ञा गर्न आह्वान गर्नुभएको छ ।

 

सामाजिक सञ्जाल ट्वीटरमा युथ कांग्रेस नेपाल नामक एक संस्थाले पोष्ट गरेको विज्ञप्ति रिट्वीट गर्दै सांसद थापाले धर्मान्तरणको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक भन्दै सरकारको गलत कामको अवज्ञा गर्न आह्वान गर्नुभएको हो ।

 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया