सुन्धारामा बाटो हिँडिरहेका व्यक्तिलाई कारले ठक्कर दियो, १२ जना घाइते

 मंसिर १३, २०७५ बिहिबार १६:५४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौंको सुन्धारामा एउटा कारले ठक्कर दिँदा १२ जना घाइते भएका छन् । 

सुन्धारामा रहेको नेपाल वायुसेवा निगमको कार्यालयबाट बाहिर निस्कने क्रममा बा १८ च ४८७३ नम्बरको कारले फुटपाथमा हिँडिरहेका मानिसलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ । 

कारको ठक्करबाट घाइते हुनेहरुमा सन्तोषी नेपाली, जुली बुढाथोकी, गंगामाया राई, रुद्रमान पति, प्रज्ञा ज्योति परियार, भावना बोहोरा, मिरा थापा, जोसना ठकुरी, सत्यराज ठकुरी, सिर्जना पहरी, उर्मिला अधिकारी र फिलिपिन्सका नागरिक केसिया रहेका छन् । घाइते सबैको उपचार वीर अस्पतालको ट्रमा सेन्टरमा भैरहेको छ । 
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया