साफ महिला च्याम्पियनसिप पहिलाेपटक विराटनगरमा हुने

 मंसिर १३, २०७५ बिहिबार १७:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - दक्षिण एशियाली फुटबल महासंघको कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघको आयोजनामा हुन लागेको साफ महिला च्याम्पियनसिप यसपटक विराटनगरमा हुने भएको छ ।

फागुन २८ देखि चैत्र ८ गतेसम्म हुने प्रतियोगितालाई एन्फाले पहिलो पटक राजधानी बाहिर लगेर आयोजना गर्ने भएको हो ।

विराटनगरको शहिद रंगशालामा हुने प्रतियोगितामा नेपालसहित भुटान, पाकिस्तान, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाको सहभागिता रहनेछ । प्रतियोगिताका लागि नेपाली महिला टिमले चाडै तयारी गर्ने  जनाइएको छ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया