राप्रपामा नौ जना सहायक महामन्त्री, को–को परे मनोनयनमा ?

 मंसिर १३, २०७५ बिहिबार १७:५३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नौ जना सहायक महामन्त्री मनोनयन गर्नुभएको छ । 

अध्यक्ष थापाले पार्टीले विधानबमोजिम उनीहरुलाई सहायक महामन्त्रीमा नियुक्त गर्नुभएको हो । मनोनयन हुनेमा मकवानपुरका राजाराम बर्तौलासमेत हुनुहुन्छ । थापाका विश्वास पात्रका रुपमा रहेका बर्तौला यसअघि पनि पार्टिको पदाधिकारीको जिम्मेवारीमा हुनुहुन्थ्यो । 

कमल थापालाई हरेक समयमा साथ दिने युवा नेताको रुपमा बर्तौलालाई लिने गरिएको छ । थापाले झापाका भक्तिप्रसाद सिटौला, मोरङका केदारनाथ कोइराला, संखुवासभाका बसन्तमान सिंह अधिकारी, काठमाडौँका ईन्द्र चित्रकार, प्रेम कुमार श्रेष्ठ (प्रवास), झापाकै राजेश गिरी, कञ्चनपुरका तिर्थराज चटौत र सप्तरीकी रेणुदेवी साहलाई नियुक्त गर्नुभएको छ । 

यस्तै सहायक कोषाध्यक्षमा धादिङका विशेश्वर शर्मा सुवेदीलाई मनोनयन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया