नेपालमा लगानी गर्न चीनसँगै कतारका व्यवसायीहरु पनि इच्छुक छन् : मुख्यमन्त्री पाैडेल

 मंसिर १३, २०७५ बिहिबार १७:५५:३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - ‘वन बेल्ट  वन रोड’ कतार शिखर सम्मेलनमा सहभागी भई ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल स्वदेश फर्कनुभएको छ ।

कतारका अर्थमन्त्री अहमद विन जसिम विन महम्मद अल्थानीको निमन्त्रणामा आइतबार कतार जानुभएका मुख्यमन्त्री पौडेलले सम्मेलनमा सम्बोधन गर्नुभएको थियो । मुख्यमन्त्री पौडेलसंगै जानुभएका प्रदेशका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल पनि स्वदेश फर्कनुभएको छ ।

विश्वभरबाट ४ सय भन्दा धेरै सरकारी अधिकारीहरू, वक्ताहरुरू, विशेषज्ञहरू, व्यवसायीहरुले कार्यक्रममा सहभागीता जनाएका थिए । सम्मेलनमा कतार, संयुक्त राज्य, बेलायत, दक्षिण अफ्रीका, टर्की, ओमान, कुवेत, नेपाल, लाओस, स्पेन, सिंगापुरलगायतका प्रतिनिधिहरु सहभागि थिए ।

कतारमा भएको सम्मेलन फलदायी रहेको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । मुख्यमन्त्री पौडेलले सम्मेलनबाट विश्वभरका उद्यमीरुको बिकास गर्न सहयोग हुने बताउनुभयो ।  नेपालमा चीनसँगै कतारका व्यवसायीहरुले पनि लगानी गर्ने इच्छा व्यक्त गरेको उहाँले बताउनुभयो ।

उनीहरुले ३ नम्बर प्रदेशमा उद्योग, पर्यटन, जलविद्युतका क्षेत्रमा लगानी गर्न सकारात्मक रहेको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । यस अघि कतारमा नेपालबाट कामदारहरु जाने गरेको स्मरण गराउँदै उहाँले कतारले नेपालमा पनि लगानी गनुपर्ने बताउनुभयो ।

कतारमा रहेका नेपाली तथा गैर आवासीय नेपालहरुले नेपालमा लगानी गर्ने वाताबरण निर्माण भए नेपालमा नै लगानी गर्ने जानकारी दिए । मुख्यमन्त्री पौडेलले प्रदेशमा लगानी गर्ने वाताबरण सिर्जना गरे विश्वास दिलाउनुभएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया