भन्सार छलेर ल्याइएका सामग्री बरामद

 मंसिर १३, २०७५ बिहिबार १८:२८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – चीनको केरुङबाट भन्सार छलेर ल्याइएको जुत्ता तथा टोपी सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भन्सार छलेर काठमाडौं लैजाने तयारीमा राखिएको ५० कार्टन जुत्ता र ६ बोरा पिस क्याप टिमुरेबाट बरामद गरिएको हो ।

बरामद गरिएको सामग्रीको मूल्य १५ लाख रहेको सशस्त्र प्रहरी बल, राजश्व तथा भन्सार सुरक्षा (२१ नम्बर) गुल्म टिमुरेले जनाएको छ । 

भन्सार यार्डबाट अवैध रूपमा लुकाएर टिमुरेतर्फ ल्याउँदै गरेको अवस्थामा टिमुरेबाट सामग्री बरामद गरिएको गुल्मका प्रहरी नायब उपरीक्षक जीवन केसीले बताउनुभयो । 

रसुवागढी भन्सार कार्यालयमा दुई महिनाअघि स्थापना भएको गुल्मले नाकामा अवैध गतिविधि रोक्नका लागि चेकजाँचमा कडाइ गर्नुका साथै पेट्रोलिङ समेत बढाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया