प्रथम चौमासिकमा निर्यातमा सुधार

 मंसिर १३, २०७५ बिहिबार १८:५२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चालू आर्थिक वर्षको प्रथम चौमासिकमा देशको निर्यात व्यापार गएको वर्षभन्दा झण्डै ११ प्रतिशतले वृद्धि भएको देखिएको छ । 

नेपाल सरकार व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गएको वर्षभन्दा निर्यात व्यापारमा १० दशमलब ७० प्रतिशतले वृद्धि भएको जानकारी गराएको हो । उन, उनी गलैचा र तयारी पोसाकको निर्यात व्यापार गएको वर्षको भन्दा उल्लेख्य वृद्धि भएको केन्द्रका नायव कार्यकारी निर्देशक सुयश खनालले जानकारी दिनुभयो ।

नेपालको निकासी व्यापार हुने प्रमुख मुलुकहरुमा भारत, अमेरिका, जर्मनी, बेलायत, चीन, जापान, अष्ट्रेलिया र डेनमार्क रहेका छन । 

केन्द्रले देशको व्यापार घाटा चालू आर्थिक वर्षको प्रथम चौमासिकमा सामान्य सुधार आए पनि पैठारीमा देखिएको अत्याधिक वृद्धिका कारण झण्डै ४० प्रतिशतले वृद्धि हुन आएको पनि स्पष्ट पारेको छ । नायव कार्यकारी निर्देशक खनालले हाल नेपालको व्यापार घाटा ४ सय ४५ अर्ब ४७ करोड पुगेको जानकारी पनि दिनुभयो । 

पैठारीमा देखिएको वृद्धि नै व्यापार घाटा बढ्दै जानुको मुख्य कारण रहेको केन्द्रको तर्क छ ।
 

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया