टी-टेन क्रिकेट: चुटिए सन्दीप, २ अाेभरमा ७ छक्कासहित ४७ रन

 मंसिर १३, २०७५ बिहिबार १९:१८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईमा जारी टी–१० क्रिकेटकाे नर्दर्न वारियर्सविरुद्धकाे खेलमा नेपाली युवा बलर सन्दीप लामिछाने निकै महंगो सावित भए ।

उनले पहिलो ओभरमा ६, ६, २, ६, १, १ का हिसाबले २२ रन दिए । त्यसबाहेक उनी आफैंले पनि निकोलस पूरनको क्याच पनि गुमाए ।

दोस्रो ओभरमा पनि उनले लय समाउन सकेनन् । सन्दीपले दोस्रो ओभरमा ६, ६, ६, १, ६, ० का हिसाबले २५ रन खेर फाले र कुनै पनि विकेट हात पार्न सकेनन् ।उनले अाफ्नाे २ अाेभरकाे स्पेलमा विकेटविहीन रहँदै कुल ४७ रन दिए जसमा सात छक्का समावेश थिए ।

यता बलियो सुरूवात गरेको नर्दर्न ले सात ओभर एक बलमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । यो हारले केरलालाइ प्लेअफमा पुग्न कठिन भएको छ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको केरलाले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । केरलाका लागि पल स्टर्लिङले २८ बलमा ६० रन बनाए । उनले ३ चौका तथा ५ छक्का प्रहार गरेका थिए ।

ओपनिङमा आएका अर्का ब्याट्सम्यान क्रिस गेल भने १४ रन बनाएर पेभेलियन फर्किएका थिए । १८ बल खेलेका गेलले एउटामात्र चौका प्रहार गर्न सफल भएका थिए । यसैगरी अइन मोर्गनले १३ बल खेल्दै १७ रन बनाएर नट आउट रहे । नर्दर्न वारियर्सका हार्डस भिल्जोन र अान्द्रे रसेलले एक एक विकेट लिएका थिए ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया