विशिष्ट व्यक्ति छोडेर फर्कँदै गरेको मोटरसाइकल दुर्घटना, प्रहरी सहायक निरीक्षक घाइते

 मंसिर १४, २०७५ शुक्रबार ७:८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सोल्टी होटलमा छाडेर फर्किएका प्रहरी सहायक निरीक्षक दुर्घटनामा परेका छन् ।

बिहीबार बेलुकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई सोल्टी होटलमा छाडेर फर्किएका मोटरसाइकल चालक प्रहरी सहायक निरीक्षक दिपेन्द्र गुरुङ घाइते भएका प्रहरीले जनाएको छ । भीआईपी छाडेर फकर्ने क्रममा बा १ ज ६५७७ नम्बरको माइक्रोले गुरुङ चढेको बा २ ब २५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

दुर्घटनापछि टाउकोमा चोट लागेका प्रहरी सहायक निरीक्षक गुरुङको नेपाल पुलिस अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ । ठक्कर दिने माइक्रो चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया