बोका जुनियर्स र रिभर प्लेटबीच दोस्रो लेगको फाइनल खेल सान्टियागो बर्नवाउमा

 मंसिर १४, २०७५ शुक्रबार ७:४५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अमेरिकी महादेशीय क्लब फुटबल प्रतियोगिता कोपा लिबर्टाडोरेसको फाइनल खेल स्पेनको मड्रिडमा हुने भएको छ ।

अर्जेन्टिनाका दुई क्लब बोका जुनियर्स र रिभर प्लेटबीच दोस्रो लेगको फाइनल खेल आगामी डिसेम्बर ९ मा सान्टियागो बर्नवाउमा हुनेछ । यो खेल अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा रिभर प्लेटको घरेलु मैदानमा गएको आइतबार हुनुपर्ने थियो । 

तर, रंगशाला प्रवेश गर्न लाग्दा रिभर प्लेटका समर्थकले बोकाका खेलाडी चढेको बसमा आक्रमण गरेको थियो । आक्रमणबाट केही खेलाडी घाइते भएका थिए । त्यसपछि खेल स्थगित गरियो र अहिले ब्यानर्स आयर्सबाट ६ हजार माइल टाढा स्पेनको सान्टियागो बर्नवाउमा खेलाइने निर्णय भएको छ ।

बोकाको घरेलु मैदानमा भएको फाइनलको पहिलो लेग दुई दुई गोलको बराबरीमा सकिएको थियो । ब्युनस आयर्सका मेयर होरासियो रोड्रिग्वेजले रिभर प्लेटको समर्थकका नाममा केहि माफियाले आक्रमण गरेको दाबी गरेका छन् । आक्रमणमा दोषी देखाउँदै रिभर प्लेटलाई ३ लाख १२ हजार पाउण्ड जरिवाना गराइएको छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया