असार नलाग्दै लमजुङमा रोपाइँको चटारो (फोटोफिचर)

 जेठ २९, २०७५ मंगलबार १७:५:१३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ–असार नलाग्दै लमजुङका केही ठाउँमा अहिले रोपाईँको चटारो छ ।

सिँचाईको पहुँच भएका र बाँझा जमिन भएका ठाउँमा रोपाईँ भएको हो ।

लमजुङको घेर्मुफाँट, रामचोकफाँट, चितिफाँट, तान्द्राङटक्सार, पिरन्तेबेसी लगायतको फाँटमा धमाधम धान रोपाईँ भईरहेको जिल्ला कृषि विकास कार्यालय लमजुङका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताउनुभयो ।

‘खेतमा मकै पाकिसकेको अवस्था छैन, त्यसैले जिल्लामा पानीको पहुँच भएका बाँझा जमिनमा रोपाईँ भइरहेको छ,’ उहाँले भन्नुभयो ।

जिल्लाका किसानहरुले बढी मात्रमा रामधान, सुक्खा–२, लाकेतन्त्र, सावित्रि, मकवानपुर लगायतका जातका धानको खेती गर्दै आएका छन् ।

कुलो/नहर चल्ने फाँटमा रोपाईँ भएको मस्र्याङ्दी गाउँपालिका–५, घेर्मुका किसान खड्ग गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार घेर्मुफाँटमा आधाआधी रोपाईँ भईसकेको छ ।

यहाँका किसानले ताराबाली खोलाको पानी खेतसम्म ल्याई रोपाईँ गर्दै आएका छन् । पछिल्लो समय यहाँका किसानहरुले हलागोरुको सट्टा हाते ट्रयाक्टरकै बढि प्रयोग गर्दैै आएका छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया