चौतर्फी आलोचना भएपछि जोर बिजोर प्रणाली हट्यो

 मंसिर १४, २०७५ शुक्रबार १०:२८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकामा बिहीबारदेखि सुरु भएको जोर बिजोर प्रणाली हटेको छ । ट्राफिक प्रहरी महाशाखाले सूचना निकालेर गृह मन्त्रालयको निर्देशनमा शुक्रबार बिहान ११ः३० बजेदेखि जोर बिजोर प्रणाली हट्ने जानकारी गराएको हो ।

यसअघि एसिया प्यासिफिक समिटमा भाग लिन आउने पाहुनाको सवारीका लागि भन्दै बिहीबारदेखि आइतबारसम्म जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको थियो ।

जोर बिजोर प्रणाली लागू भएको पहिलो दिन बिहीबार काठमाडौंमा धेरै यात्रुले गाडी नपाएर सास्ती भोग्नुपरेको थियो । शुक्रबार बिहान पनि धेरै यात्रुले कष्ट भोगेका छन् । जोर बिजोर प्रणालीको चर्को आलोचना भएपछि यो निर्णयबाट पछि हट्न सरकार बाध्य भएको हो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया